ग्लोबल आइएमई बैंकको शाखा कार्यालय काभ्रेकाे बेथानचोकमा

  २०७५ पुष १ गते १६:३५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले काभ्रे जिल्लामा नयाँ शाखा कार्यालयको औपचारिक रुपमा समुद्घाटन गरेको छ । काभ्रे जिल्लाको बेथानचोक खोलिएको शाखाको उद्घाटन माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले गरेका छन् ।

उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै मन्त्री बाँस्कोटाले ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताएका छन् ।

१२ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फतआफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु मझ सेवा प्रदान गर्दै आइरहेको छ

उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी बैंकिङ्ग पहुँचमा ल्याउने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.