१४१ कम्पनीको सेयर मूल्यमा वृद्धि, मिर्मिरे लघुवित्तका लगानीकर्ताले कमाए सबैभन्दा बढी

  २०७५ पुष १ गते १६:१९     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा कुल १५९ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १४१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । बाँकी १८ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट भएको छ ।

आइतबार मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । उक्त संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्य प्रतिकित्ता ९९ रुपैयाँले बढेर १०८९ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः प्रतिकित्ता ९.९७ र ९.९५ प्रतिशतले बढेको छ । तारागाँउ रिजेन्सी होटलको सेयर मूल्य ८.९४ र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ८.२३ प्रतिशतले बढेको छ ।

आइतबार गुमाउने १० कम्पनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.