नेकपा नेता प्रभु शाहलाई १०५ किलोको माला

  २०७५ पुष १ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश २ अध्यक्ष पूर्वमन्त्री एवं संघीय सांसद प्रभु साहलाई १०५ किलो फुलले स्वागत गरिएको छ । रौतहटको बिष्णु मन्दिरको शिलन्यास कार्यक्रममा साहलाई उक्त मालाले स्वागत गरिएको हो ।

मन्दिर शिलान्यास समारोहलाई सम्बोधन गर्दै शाहले नेकपाको सरकार धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक सबै विकासको लागि अगाडी बढिरहेको बताए ।

निर्वाचनताका पार्टीको राजनीति स्वभाविक प्रक्रिया भएपनि विकासको सवालमा सबै दल एकहुनु पर्ने विचार राख्दै अध्यक्ष साहले पूर्वमा बागमती र पश्चिम लालबकैयाको मजबुत बाँध बनाएर दुवै नदीको पानीलाई सिंचाईको लागि प्रयोगमा नल्याएसम्म जिल्लाको विकास असम्भव रहेको जिकिर गरे ।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, नेकपाका प्रदेश कमिटि सदस्य शम्भु साह, अमर साह, उपेन्द्र साह, गौर नपाका मेयर अजय गुप्ता, उपमेयर किरण ठाकुर लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.