ज्योति विकास बैंक र स्टार हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्झौता

  २०७५ पुष १ गते १६:१२     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र स्टार हस्पिटलबीच सहकार्यका लागि सम्झौता भएको छ । यस सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक शुशिलकुमार शर्मा र अस्पतालका तर्फबाट सिओओडा सन्देश जि.सिले गरेका छन् ।

बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

१ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.