१३ प्रतिशत लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारणसभा, कहिले हुँदै छ बुक क्लोज ?

  २०७५ पुष १ गते १४:२७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले लिमिटेडले आगामी पुस २३ गते वार्षिक साधारणसभा डाकेको छ । उक्त सभाले बैंकको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ८.१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ नाघ्ने छ ।

सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस ९ गते एक दिन बुक क्लोज गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.