माछापुच्छ्रे बैंकको साधारणसभा पुस २० गते, सञ्चालकको बैठक भत्ता निर्धारण गर्ने

  २०७५ पुष १ गते १३:४३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको आगामी वार्षिक साधारणसभा पुस २० गते बस्ने भएकाे छ । उक्त सभाले १० प्रतिशत(कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

सभाले पारित गरेपछि कम्पनीले चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने बताएको छ । हाल बैंकको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ ।

उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस ६ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज गर्ने छ ।

साथै, सभाले संस्थापक समूहका सेयरधनीको तर्फबात सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने छ । सञ्चालक समितिमा सवैसाधारण समूहका सेयरधनीहरुको तर्फबाट कम्तिमा एक जना महिला सञ्चालक रहने व्यवस्था कायम गर्ने प्रस्तावलाई उक्त सभाले पारित गर्ने छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको अध्यक्ष र सदस्यको बैठक भत्ता क्रमशः १५ हजार र १२ हजार रुपैयाँ कायम गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.