डेपुटी गभर्नर नेतृत्व समितिकाे म्याद सकियाे तर काम सकिएन, म्याद थप्ने तयारी

  २०७५ पुष १ गते १०:२४     शंकर अर्याल

काठमाडौं । मुद्रा बजार र पुँजीबजारको विद्यमान समस्याको पहिचान र समाधानका उपाय खोज्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठित समितिको म्याद सकिएको छ । एक साताकाे समय दिएर गत अाइतबार गठन भएकाे समितिकाे म्याद अाज सकिएकाे हाे ।

म्याद सकिए पनि समितिले हालसम्म मुद्रा बजार र पुँजीबजारको समस्याकाे बारेमा गम्भीर छलफल गर्न सकेकाे छैन । लगानीकर्ताकाे समूहले नेप्से अगाडि धर्नामा बसेकाे पहिलाे दिन नै समिति गठन भए पनि समितिकाे विश्वसनीयतामाथि अान्दाेलनरत पक्षले स‌शय प्रकट गरेपछि समितिले विषयवस्तुमा छलफल गर्नु भन्दा अान्दाेलनरत पक्षलार्इ वार्तामा ल्याउन प्रयत्न गरेकाे थियाे ।

शुक्रबार पक्षबीच वार्ता भएर समितिकाे सदस्यमा तीन जनालार्इ थप गरेसँगै शुक्रबार राती नै सदस्यहरुबीच छलफल भएकाे थियाे । बैठकमा पुँजीबजारका समस्याकाे बारेमा कुरा उठे पनि गम्भीर छलफल नभएकाे बताइएकाे छ । ‘हामीले शुक्रबार एक चरण छलफल गर्याै‌ं तर ढिला भएपछि शनिबार दिउँसाे फेरि छलफल गर्ने गरी उठेका थियाैं, तर शनिबारकाे बैठकमा समितिले साेही दिन नै निष्कर्षमा पुगेर प्रतिवेदन तयार पार्न सम्भव नदेखिएपछि मन्त्रालयलार्इ केही दिन समय थप गर्न अाग्रह गर्ने निर्णय गरेका हाैं’ – समितिका सदस्य निरज गिरीले विकासन्यूजसँग भने ।

समय थप गर्नका लागि संयाेजक श्रेष्ठलार्इ नै बैठकले जिम्मेवारी दिएकाे समेत बताइएकाे छ । शनिबारकाे सीमित सदस्यहरुकाे मात्र सहभागिता रहेकाे बताइएकाे छ। लगानीकर्ता र दवाव समूहका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यलार्इ उक्त बैठकमा नबाेलाइएकाे बताइएकाे छ । अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले म्याद थप गर्न समितिबाट माग भएकाे तर निर्णय भइनसकेकाे भन्दै केही दिन म्याद थप गर्न मन्त्रालय सकारात्मक रहेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.