मोबाइल एप्प प्रयाेगमा भारतीय उपभाेक्ता अगाडि, एउटै माेवाइलमा २०७ एप्स प्रयोग

  २०७५ मंसिर २९ गते १९:५९     विकासन्युज

नयाँ दिल्ली : भारतीय नागरिकहरूमध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ वटासम्म एप्सको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ । एआरसी डिजिट प्राबिधिक कम्पनीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा भारतीय नागरिकले आफ्ना मोबाइलमा उनीहरूले प्रयोग गर्नेभन्दा धेरै एप्स प्रयोग गर्ने गरेको पाइएको देखिइएको छ ।

सर्वेक्षणमा औषत ५१ एप्सको प्रयो भारतीयहरूले प्रयोग गर्ने गरेका छन् । अधिकांश भारतीयले आफ्ना मोबाइलमा भएका एप्समध्ये २४ एप्सको प्रयोग गर्ने गरेका छन् । धेरै भारतीयहरूले एप्सलाई प्रयोग गर्ने नभएपनि मोबाइलमा ती सफ्टवेयरलाई प्रयोग गर्ने गरेका र जसका कारण उनीहरूका फोन सेट नै खतरामा पर्ने देखिएको प्रतिवेदनमा देखिएको छ ।

हरेक ३८ प्रतिशत स्मार्ट फोन प्रयोगकर्ताले दैनिक ६–१० एप्सको उपयोग गर्छन् । यसमध्ये सबैभन्दा बढी व्यक्ति अर्थात् ७६ प्रतिशत मोबाइल प्रयोगकर्ताले फेसबुक, यु–टुवजस्ता सामाजिक सञ्जालका लागि एप्सको प्रयोग गर्ने देखिएको छ । यस्तै ७० प्रतिशत एप्स मोबाइलमा खेल खेल्न चलाइने गरेको अध्ययनले देखाएको छ ।

झण्डै ४७ प्रतिशत स्मार्ट फोन प्रयोग गर्ने व्यक्तिले बैंकिङ, वित्तीय तथा ‘वालेट’ एप्सलाई प्रयोग गर्ने गरेका र यिनीहरूको प्रयोग आफ्नो आर्थिक कारोबार गर्न वा कारोबारबारे जानकारी लिन प्रयोग हुने गर्छन् ।

यसबाहेक केही एप्सलाई भिडियो तथा तस्वीर ‘डाउनलोड’ गर्न र टेलिभिजन हेर्न एवम् रेडियो सुन्न प्रयोग गर्ने भेटिएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.