पार्टीकोे हरेक तहमा मजदुरको प्रतिनिधित्व गर्न अनिवार्य गर्न एनटीयुसीको माग

  २०७५ मंसिर २९ गते १२:३३     विकासन्युज

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसले पार्टीको विभिन्न तहको संगठनमा श्रमिक वर्गको प्रतिनिधित्व सुनिश्चितताका लागि सशक्त रुपमा आवाज उठाउने भएको छ । नेपाली काँग्रेसको महाधिवेशनको पूर्वसन्ध्यामा श्रमिकको तर्फबाट महासमिति बैठकमा सहभागी हुने सदस्यहरुको भेलाका क्रममा सदस्यहरुले पार्टीको वडा तहदेखि, केन्द्रीय तहसम्म श्रमिक वर्गको सुनिश्चितताका लागि महासमिति बैठकमा आवाज बुलन्द गर्नुपर्नेमा सबै एकमत देखिएका छन् ।

सुशील कोइराला पार्टी सभापति नै हुँदा तात्कालिन सभापति लक्ष्मण बस्नेतले हरेक तहमा श्रमिकको प्रतिनिधित्व हुने गरी सहमति कायम भएको भन्दै श्रम सम्बन्धका समस्याहरु पार्टीका हरेक तहमा उठ्न नसक्दा श्रमिक वर्गहरु पार्टीप्रति निराश हुँदै गएको निष्कर्ष समेत भेलाले निकालेको छ ।

‘नेपालको अहिलेको लक्ष्य भनेको समानतासहितको आर्थिक क्रान्ति र दीगो विकासको हो । यसका लागि अपरिहार्य शर्त भनेको श्रमिक र रोजगारदाताबीचको सौहार्दपूर्ण श्रम सम्बन्ध हो । अबको राजनीतिक दलको एजेन्डा पनि पूर्णतः राजनीतिक मात्र नभएर त्यसमा आर्थिक आयामहरुलाई पनि समेटेर जानुपर्छ भन्नेमा दुविधा छैन । विपीको प्रजातान्त्रिक समाजवादको बहस गरिरहँदा त्यहाँ श्रम सम्बन्ध छुट्न सक्दैन र हुँदैन पनि ।’– एनटीयूसीका वरिष्ठ उपाध्यक्ष महेन्द्र यादवले भने ‘त्यसका लागि पार्टीका प्रत्येक तहमा मजदुर आरक्षणको व्यवस्था हुनुपर्छ । यसले पार्टीलाई गतिशील बनाउन र श्रमिकका समस्याहरु समाधान गर्ने नीति र कार्यक्रम बनाउन सहयोग गर्छ ।’

एनटीयुसीले श्रमिक ससाना माग र क्षेत्रीय समस्याका समाधानका लागि पनि पार्टीको केन्द्रीय तहमै दवाव दिनुपर्ने अवस्था भए पछि हरेक तहमा आफ्नो प्रनिनिधित्व सुनिश्चित गर्न माग गरेको हो । त्यसो त पार्टीको केन्द्रीय तहमा श्रमिकको प्रतिनिधित्व हुने संख्यामा समेत एनटीयुसी सन्तुष्ठ छैन । पार्टीमा श्रमिकको तर्फबाट हाल ११ जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ । जबकि विदेशी जनसम्पर्क समितिहरुबाट कम्तीमा ८ जनाको प्रतिनिधित्व हुने व्यवस्था छ । यति ठूलो क्षेत्र रहेको संगठनको उचित प्रतिनिधित्वका लागि समेत हामी दवाव दिन्छौं, तर अहिलेको प्रमुख माग भनेको श्रमिक आरक्षणकै हो । बैठकमा सहभागी एक सदस्यले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.