आन्दोलनरत पक्ष पनि अध्ययन समितिमा सहभागी, समस्या समाधानबारे राष्ट्र बैंकमा छलफल हुँदै

  २०७५ मंसिर २८ गते १८:५५     शंकर अर्याल

काठमाडौं । पुँजीबजार सुधारका विभिन्न बुँदे माग राख्दै गत आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज अगाडि अनशन बस्दै आएको लगानीकर्ताको समूह तथा यसअघि वार्ता टोलीमा समावेश नभएकाे लगानीकर्ता संघका प्रतिनिधिलाई समेत मुद्रा बजार र पुँजी बजारको समस्या समाधानका लागि गठित समितिमा समेटिएको छ ।

अर्थ मन्त्रालयले आन्दोलनरत समूहलाई वार्तामा बोलाएपछि अर्थ मन्त्रालय पुगेका ६ जना प्रतिनिधिहरुमध्ये ३ जनालाई टोलीमा समावेश गरिएको हाे । आन्दोलनरत पक्षबाट अर्थ मन्त्रालयको वार्ता टोलीसँग वार्ता गर्न उत्तम अर्याल, ताराप्रसाद फुल्लेल, नगेन्द्र वास्तोला, तिलक कोइराला, शुष्मा ढुङ्गाना र दीपेन्द्र अग्रवाल सिंहदरबार गएका थिए । उनीहरुमध्ये उत्तम अर्याल,  तिलक कोइराला र  नगेन्द्र बास्तोलालाई अध्ययन समितिमा सहभागी गराइएको हो ।

राष्ट्र बैंकमा आजै छलफल, शनिबारसम्म प्रतिवेदन तयार

तीनजना नयाँ सदस्य थप भइसकेपछि आजै नेपाल राष्ट्र बैंकमा समितिले अर्को छलफल गर्ने भएको छ । अर्थ मन्त्रालयले दिएको एक साताको समयभित्रै प्रतिवेदन पेश गर्न आज साँझ र भोलि दिनभर छलफल गर्ने र आइतबार दिउँसोसम्म मन्त्रालयलाई प्रतिवेदन बुझाउने अध्ययनमा सहभागी एक सदस्यले जानकारी दिए ।

‘हामी माग उठाउँछाै भनेपछि लफडा’

सरकारी वार्ता टोलीमा यसअघि नै सहभागी भइसकेका लगानीकर्ता संघका प्रतिनिधिमाथि आन्दोलनरत पक्षमाथि आक्रमणमा उत्रिएको आरोप लागेको छ । ‘तपाईँहरुले उठाएका मागहरुका सम्बन्धमा हामीले छलफल गरेका छौं, अर्थमन्त्रीकाे राजीनामा बाहेकका अन्य सबै मागहरु पूरा हुन्छन् भन्दा उहाँहरुले लेखेर दिनुस् भन्नुभयाे, हामीहरुले लेखेर दिन सक्दैनाै‌ं हामीमाथि विश्वास गर्नुस् भन्दा टोलीका सदस्य दीपेन्द्र अग्रवालले ममाथि अभद्र व्यवहार गर्नुभयाे, अन्य सदस्यहरुले नरोकेको भए त्यहाँ जे पनि हुन सक्थ्यो’ – पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन् ।

तर शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले भने मन्त्रालयमा त्यस्तो केही नभएको दाबी गरे । हामीले हाम्रो पनि प्रतिनिधित्व हुनुपर्छ भनेपछि वार्ता टोलीमा रहेका छ जनामध्ये ३ जनालाई समितिको सदस्यको रुपमा समावेश गरेर छलफल गर्ने सहमति भएको हो, त्यहाँ शेयर लगानीकर्ता संघका तर्फबाट उत्तम अर्याल, पुँजीबजार संघका तर्फबाट नगेन्द्र बास्ताेला र दबाब समूहका तर्फबाट तिलक काेइराला सहभागी हुनुभएकाे हाे, त्यसभन्दा बढी केही भएको छैन ।’- फुल्लेलले भने ।

अान्दाेलनरत पक्षका दुर्इ माग स्थगित

अान्दाेलनरत पक्षाले उठाउँदै अाएकाे दुर्इ मागहरु नउठाउने सहमति भएकाे छ । अान्दाेलनरत पक्षकाे १ नम्बर बुँदामा रहेकाे अर्थमन्त्रीकाे राजीनामाकाे माग र १२ नम्बरमा रहेकाे बीमा कम्पनीकाे लाइसेन्समा भएकाे अनियमितताकाे छानविन गर्ने माग स्थगित भएकाे छ । वार्ता टाेलीमा सहभागीहरुले उक्त सम्बन्धमा छलफलमा कुनै एजेन्डा नउठाउने सहमति गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.