कामना विकास बैंक अब न्युरोडमा पनि, शाखा सङ्ख्या ६१ पुग्यो

  २०७५ मंसिर २८ गते १८:३५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको खिचापोखरी स्थित न्युरोडमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । यो सहित बैंकको शाखा सङ्ख्या ६१ पुगेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले संयुक्त रुपमा गरेका छन् ।

कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.