तेस्रो नेपाल मेडिकल एक्स्पो सुरु [फोटोफिचर]

  २०७५ मंसिर २८ गते १७:१०     विकासन्युज

काठमाडौं। आजदेखि तेस्रो नेपाल मेडिकल एक्स्पो काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोको उड्घाटन स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले गरेका थिए।

एसडी प्रोमो मिडिया प्रालि र केमिकल तथा मेडिकल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा मेला भएको हो।

मेडिकल क्षेत्रको आधुनिक विकास हुँदै गर्दा नयाँ नयाँ ल्याब उपकरणहरु पनि भित्रिँदै गएका छन्। यस्ता उपकरणको बारेमा विस्तृत जानकारी गराउन तथा बिक्री गर्ने उद्देश्यले मेला चलिरहेको छ।

तीन दिन चल्ने एक्सपोमा सर्जिकल र मेडिकल उपकरणका २०० भन्दा बढी स्टल राखिएका छन् भने नेपाल, भारत, पाकिस्तान, इजरायल, चीन आदि देशको सहभागिता रहेको छ।

 

 

 

  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.