त्रिभुवन विश्वविद्यालयले खोल्यो स्नातकोत्तर तहमा भर्ना

  २०७५ मंसिर २८ गते ११:०४     विकासन्युज

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत देशभरका सम्पूर्ण क्याम्पस/कलेजहरुमा सेमेष्टर प्रणलीमा आधारित शैक्षिक वर्ष २०१९ को स्नातकोत्तर तहको नयाँ भर्ना खोलेको छ। भर्ना हुन चाहने विधार्थीले सर्वप्रथम प्रवेश परिक्षा पास गर्नुपर्नेछ। प्रवेश परिक्षामा सामिल हुनको लागि विद्यार्थीले आफुले पढ्न चाहेको क्याम्पस/कलेजमा गई प्रवेश फारम भरि तोकिएको मितिमा प्रवेश परिक्षा दिई उतिर्न भएपछी मात्र भर्ना हुन पाउनेछन्।

भर्ना आवेदन बुझाउने मिति माघ ३ गते सम्म रहेको छ भने त्यसपछी माघ १० गते सम्म बुझाउनेले बिलम्ब शुल्क समेत तिर्नुपर्नेछ। प्रवेश फारमको शुल्क १५०० (एक हजार पाँचसय) रहेको छ भने बिलम्ब शुल्क ३००० (तीन हजार) रहेको छ।

प्रवेश परिक्षा माघ २६ गते दिउँसो १ बजे हुने छ भने, कक्षा संचालन फागुन ८ गते देखी विश्वविद्यालयले हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.