कपडा उद्योगीलाई सरकारको राहतः भन्सार घट्यो, ५ प्रतिशत ब्याज अनुदान र निर्यातमा अनुदान पनि

  २०७५ मंसिर २७ गते १७:१८     विकासन्युज

काठमाडौं । सरकारले कपडा उद्योगीहरुलाई बिशेष राहत दिने निर्णय गरेको छ । मंसिर २४ गते सोमबार बसेको मन्त्रिपरिषदले कपडा उद्योगका लागि आयात गरिने मेसिनरी, स्पेयर पार्टस् र केमिकलहरुको आयातमा १ प्रतिशत मात्रै भन्सार लिने निर्णय गरेको हो । यसअघि त्यस्ता समान आयातमा १ देखि १५ प्रतिशतसम्म भन्सा शुल्क लाग्दै आएको थियो ।

त्यस्तै, सरकारले कपडा उद्योगहरुले लिएको र अब लिने बैंक ऋणमा ५ प्रतिशत ब्याज अनुदान दिने निर्णय पनि गरेको छ । त्यस बाहेक ५० प्रतिशत मूल्य अभिवृद्ध गरि निर्यात गर्ने उद्योगहरुलाई कुल निर्यातको ५ प्रतिशत नगद अनुदान दिने निर्णय पनि सरकारले गरेको छ ।

त्यस्तै, सरकारी निर्णयबाट खरिद हुने कपडाहरु स्वदेशी उद्योगीबाट मात्रै खरिद गरिने निर्णय पनि सरकारले गरेको प्रवक्ता गोँकुल बास्कोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.