नेपाल र श्रीलङ्काबीच पर्यटन प्रवद्र्धनका सम्बन्धमा साझा अवधारणा

  २०७५ मंसिर २७ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणा अगाडी बढ्नुपर्ने बताएका छन् । पर्यटक तान्न दुई मुलुकबीच सिधा हवाई सम्पर्क विस्तार गरी प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइनुपर्ने खाँचो औँल्याउँदै कार्यक्रम बनाएर प्रवद्र्धन गर्नु पर्ने भनाई रहेको छ ।
नेपालका पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, पर्यटन व्यवसायी मोहन लम्साल लगायतले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धन गर्न साझा कार्यक्रम बनाएर जानुपर्ने बताएका छन् ।

सन् १९२० देखि कूटनीतिक सम्बन्ध रहेपनि पर्यटन प्रवद्र्धन नभएकाले दुई देशबीचका ‘टूर अपरेटर’ को सम्मेलन गराई प्रचारप्रसार गरिएको खण्डमा पर्यटक आवागमन वृद्धि हुने बताएका छन् । करीब ७४ बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट वर्षेनी भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक ५० हजारको हाराहारीमा श्रीलङ्काका पर्यटक आउने गर्दछन् । दुई देशबीचको प्रवद्र्धनात्मक कार्यक्रमले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष अभियानलाई सार्थक तुल्याउन महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् ।

श्रीलङ्काको पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०१६ मा ५७ हजार ५२७ र सन् २०१७ मा ४५ हजार ३७१ पर्यटक नेपाल आएका थिए ।
यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले कमी हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालबाट सन् २०१६ मा १२ हजार ८३८ र सन् २०१७ मा ५९ प्रतिशतले घटेर जम्मा पाँच हजार १४४ पर्यटक श्रीलङ्का पुगेका छन् ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.