अष्ट्रेलियाबाट ९६ हजार आप्रवासी विद्यार्थी निकालिए, नेपाली विद्यार्थीको अवस्था कस्तो ?

  २०७५ मंसिर २६ गते १८:००     डोमी शेर्पा

काठमाडौं। अष्ट्रेलियामा ७ वर्षको अवधिमा लागूपदार्थ, लुटपाट र यौनजन्य अपराधहरूमा संलग्न भएको कारणले गर्दा ९६,००० अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द भएको छ।

अष्ट्रेलियन होम अफिस विभागले जारी गरेको तथ्याङ्क अनुसार २०१० देखि २०१७ डिसेम्बर सम्ममा ९०,९५२ विद्यार्थीहरुले विद्यार्थी भिसाको सर्तहरु उल्लङ्घन गरेको कारण भिसा रद्द गरिएको थियो।

विद्यार्थीको भिसा रद्द सबैभन्दा बढी २०१४ मा माइग्रेशन संशोधन मार्फत भएको क्यारेक्टर र जनरल भिसा रद्दको स्थापना पछि भएको थियो।

“आर्थिक वर्ष २०१३/१४ र २०१६/१७ बीचको अवधिमा भिसा रद्दीकरण संख्या १४०० प्रतिशतले वृद्धि भएको थियो।

student visa cancellation

अष्ट्रेलियन सरकारको अनुसार जो अष्ट्रेलियामा प्रवेश गर्न वा रहन चाहन्छन् ती सबै भिसा आवेदकहरूले सरकारले तोकेको सबै आवश्यक भिसा मापदण्ड पुरा गर्नुपर्ने हुन्छ। भिसाका नियमहरु उल्लङ्घन गरेको पाईएमा उक्त ब्यक्तिको सजिलैसँग भिसा रद्द हुनेछ।

भिसाका नियमहरु उल्लङ्घन गरेको कारण न्यूजील्याण्ड ६२० भिसा रद्दीकरणको साथ शीर्ष देशको स्थानमा रहेको छ भने भारतका १४ भिसा रद्दीकरणको साथ सूचीमा १०अाैँ स्थानमा रहेको छ।

student visa cancellation

२०१७-१८ को ३१ डिसेम्बर २०१७ सम्ममा अस्ट्रेलियन सरकारले ७,५१९ विद्यार्थीको भिसा रद्द गरेको छ।

अष्ट्रेलियामा धेरै यस्ता मुद्दाहरु छन् जहाँ मास्टर्स र ब्याचलरमा भर्ना भएका विधार्थीहरु उक्त शिक्षाका मागसँग सामना गर्न सक्दैनन् र अन्य तहको पाठयक्रम रोज्न पुग्छन्।

यसरी आफूलाई जुन कोर्स पढ्नको लागि भिसा दिइएको छ त्यही कोर्स विद्यार्थीहरुले नपढ्दा विद्यार्थीको भिसा रद्द हुने सम्भावना बढेर जान्छ। त्यसैले आफू पढ्न लागेको बिषयको बारेमा एकदम बुझेर मात्र पढ्न जानुपर्दछ।

सरकारले विद्यार्थी भिसामा रहेका विद्यार्थी जो सवारी साधन सेवाहरू जस्तै उबर, ओलामा काम गरिरहेका विधार्थीहरुलाई पनि आफ्नो काम गर्ने दिएको समय अवधि भन्दा बढी काम नगर्न सावधान गरेको छ।

यसरी निकलिएको तथ्याङ्कमा नेपाली विद्यार्थीहरु भने १०औं स्थानमा पनि परेका छैनन् जुन तुलनात्मक रुपमा राम्रो हो। तर नेपालबाट अस्ट्रेलिया पढ्न जाने हरेक विद्यार्थीहरुले यस कुरालाई ध्यानमा राख्न जरुरी छ।

(एसबीयसबाट नेपालीमा उल्था गरिएको )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.