शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको थप दुर्इ शाखा विस्तार

  २०७५ मंसिर २६ गते १७:४१     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले रुपन्देही जिल्लाको शंकरनगर तथा नवलपरासी जिल्लाको सुनवलमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा विस्तारसंगै बैंकको शाखा संख्या ३८ पुगेको छ भने एउटा एक्सटेन्सन कार्यालय रहेको छ ।

चुक्ता पूँजी रु १ अर्व ६२ करोड रहेको यस बैंकले रु १५ अर्व ५५ करोड निक्षेप परिचालन गरि रु १४ अर्व कर्जा लगानी गरेको छ । बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माण गरिरहेको छ । उक्त बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिङ्ग पहुंच पुरयाउने रणनीति अनुरुप कार्य गर्दै आएको छ ।
बैंकले रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तु जिल्लाको चन्दौटा शाखा कार्यालयहरुवाट ३६५ दिन नै बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.