पोखरा फाइनान्सको नयाँ शाखा कास्कीको बाँझापाटनमा

  २०७५ मंसिर २६ गते १७:२४     विकासन्युज

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले कास्कीको पोखरा म.न.पा. १३, बाँझापाटनमा नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको समुद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सि.ले गरेका छन् ।
चुक्ता पुँजी रु. ८५ करोड ७२ लाख रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्व ७ करोड तथा कर्जा लगानी रु. ४ अर्व ४३ करोड एवं जगेडा कोषमा रु. २४ करोड ९२ लाख रहेको छ ।

उक्त बाँझापाटन शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड सेवा प्रदान गरेको छ । हालै सम्पन्न वित्तीय संस्थाको आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको जानकारी कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले बताएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.