गण्डकी विकास बैंककाे नयाँ शाखा तुलसीपुरमा

  २०७५ मंसिर २६ गते १६:३३     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो नयाँ शाखाको औपचारिक रुपमा तुलसीपुरमा उद्घाटन गरेको छ । प्रमुख अतिथिको रुपमा तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेको हुन् । बैंकका संचालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा रहेको उक्त कार्यक्रम बैंकले प्रदान गर्ने सेवा सुविधा एवंम गतिविधिलाई प्रष्ट रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापाले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७५ ०७६को पहिलो त्रैमासिक संचालन मुनाफा रु १५ करोड ३० लाख आर्जन गरेको छ भने सोही अवधि निक्षेप रकम २३ अर्ब ७२ करोड, कर्जा तर्फ २१ अर्ब २५ करोड पुगेको छ । केन्द्रिय कार्यलय साथै देशभरीका ७७ शाखाहरु मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाका साथमा एविविएस, एटिएम, सि एसबिए, आईपीएस मोवाइल बैंकिङ्ग सेवा, सुन धितो सेवा, लकर सेवा, रेमिट्यान्स सेवा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.