नोट बन्दीका नाईके बने रिजर्भ बैंक अफ इण्डियाको नयाँ गभर्नर

  २०७५ मंसिर २५ गते २१:४४     विकासन्युज

काठमाडौं । भारु ५ सय र एक हजार दरका नोटको कारोबारमा प्रतिबन्ध लगाउने अभियानका प्रमुख पात्र रिजर्भ बैंक अफ इण्डियाको गभर्नर नियुक्त भएका छन् ।

भारत सरकारले सन २०१६ को नोभेम्बर ८ तारिखका दिनदेखि ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । सोही अभियानका प्रमुख पात्र शक्तिकान्त दासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ गभर्नर नियुक्त गरेका हुन् ।

गभर्नर उर्जित पटेलले ९ महिना कार्यकाल बाँकी छँदै प्रधानमन्त्री मोदीसँगको मतभेदका कारण राजीनामा गरेपछि दासले आरबीआईको नेतृत्व पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.