अब एनआईसी एशिया बैंकबाटै आईएमई लाईफको इन्स्योरेन्स सेवा पाइने

  २०७५ मंसिर २५ गते १८:२१     विकासन्युज

काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै आईएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवाहरु पाइने भएको छ । उक्त सेवा दिने सम्बन्धी मंगलबार दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाबाट सजिलै आईएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.