कालिका लघुवित्तका अध्यक्ष बासुदेव पौडेलद्धारा सपथ ग्रहण

२०७५ मंसिर २५ गते १७:५६ विकासन्युज

काठमाडौं । स्याङ्जाको वालिङ स्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष बासुदेव पौडेलले मंगलबार शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक पोखरा निर्देशक पोमनाथ गौतम समक्ष अध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सञ्चालक समितिमा निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडयालले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक समिति सदस्य बासुदेव पौडेल सर्वसम्मत चयन भएका हुन् । आगामी साधारण सभा सम्मको लागि पौडेल अध्यक्षको रुपमा चयन भएका हुन् ।

कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा सपथ ग्रहण भएको प्रमुख कार्यकारी अधिकृत मिन बाहोराले बताए ।