नेपाल बंगलादेश बैंक र आइएमई डिजिटलबीच वित्तीय सेवा सम्बन्धी सम्झौता

  २०७५ मंसिर २५ गते १७:३०     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंकबीच ‘ आइएमई पे’ मोबाइल मनी मार्फत विविध मोबाइल वित्तीय सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बंगलादेश बैंककोे तर्फबाट प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपाल बंगलादेश बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सक्ने भएका छन् ।

साथसाथै नेपाल बंगलादेश बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.