माछापुच्छ्रे बैंकले १४ जिल्लाका उद्यमीलाई बिना धितो कर्जा दिने, ‘किसान क्रेडिट कार्ड’ सञ्चालनमा ल्याउँदै

  २०७५ मंसिर २५ गते १७:२७     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेड, यूकेएड सक्षम र हेफर इन्टरनेशसनल नेपालबीच सरलीकृत लघुकर्जा सेवा सम्बन्धी संयुक्त सम्झौता भएको छ । उक्त सम्झौता अनुसार तीनै संस्थाले संयुक्त रुपमाका ग्रामीण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकहरुकाे जीवनस्तरमा आर्थिक सुधारका लागी सरलीकृत लघुकर्जा दिने छन् ।

उक्त सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोेले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा सीईओ शर्माले यस सहकार्यबाट देशभरका १४ वटा जिल्लाबाट महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिना धितो सरलीकृत कर्जा दिने बताएका छन् । साथै, बैंकले कुल ४,३०० कृषक एवं महिला उद्यमीलाई ऋण प्रवाह गर्ने, ३,०००को संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने छ । त्यस्तै, बैंकले नेपालमै पहिलो पटक नौलो कर्जा सेवा “किसान क्रेडिट कार्ड”को सेवा प्रदान गर्ने उद्देश्य राखेको सीईओ शर्माले बताए ।

सक्षम यूकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको छ ।

हेफर ईन्टरनेशनल नेपाल साना किसानहरुको दिगो बिकासमा अग्रणी भुमिका खेल्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचित छ । हाल हेफरले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा २२६ वटा महिला उद्यमी सहकारीहरुलाई कर्जा तथा वित्तमा पहुँच बढाउने उद्देश्यका साथ कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.