सिभिल बैंक र सूर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्याेरेन्स सम्झौता

  २०७५ मंसिर २५ गते १७:१४     विकासन्युज

काठमाडौं । सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससंग बैंकास्याेरेन्स सम्झौता भएकाे छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन्र ।
सुर्या लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका७० शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन्र ।
सिभिल बैंकले यस अघि जीवन बीमा कम्पनीहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाललाईफ इन्स्योरेन्स र यूनियनलाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन बीमा तथा निर्जीव नवीमा सेवा उपलब्ध गराउने भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.