दुई दिन लगातार दोहोरो अंकले बढेको सेयर बजार फेरि किन घट्यो ?

  २०७५ मंसिर २५ गते १५:२३     विकासन्युज

काठमाडौं । यस साताको शुरुदेखि लगातार दुई दिन दोहोरो अंकले बढेको सेयर बजार मंगलबार पुन ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ३.०८ अंकले घटेर ११४१.१० अंकमा झरेको छ ।

पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि उकालो लागिरहेको बजारमा मंगलबार भने नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिन १६४ कम्पनीको सेयर ३८ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बैंककाे सेयर काराेबार भएकाे छ । जसकाे एकैदिन १३ कराेड ४८ लाख रूपैयाँ बराबरकाे सेयर किनबेच भएकाे छ ।

बजारमा अधिकांश समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २८ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा २५, होटल १४, माइक्रोफाइनान्स १० अंकले ओरालो लागेका छन् । उत्पादनमूलक, फाइनान्स र अन्य समूह क्रमशः १३, ०.१७ र ०.६२ अंकले राताम्मे भएका छन् ।

सबैभन्दा बढी मन्जुश्री फाइनान्सका लगानीकर्ताले ७.२५ प्रतिशत गुमाएका छन् । फाइनान्सले प्रस्तावित ९ प्रतिशत नगद लाभांश घटाएर २.१ प्रतिशतमा पुर्याएपछि संस्थाको सेयर मूल्य घटेको छ । जसबाट सेयरधनीहरु निराश भएका सेयर मूल्यले संकेत गरेको छ । मंगलबार यस संस्थाको सेयर मूल्य ७.२५ प्रतिशतले घटेर प्रतिकित्ता ११५ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.