मञ्जुश्री फाइनान्सले नगद लाभांश दर घटायो, अब कति दिन्छ ?

  २०७५ मंसिर २५ गते १४:२५     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले प्रस्तावित नगद लाभांश दर ६.१ प्रतिशतले घटाएको छ । दर घटाएपछि फाइनान्सले सेयरधनीलाई कर समेत २.९ प्रतिशत मात्र नगद लाभाश दिने भएको छ ।

यस अघि संस्थाले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । उक्त प्रस्तावलाई घटाएर संस्थाले हाल कायम चुक्ता पुँजीको २.९ प्रतिशत नगद लाभांश दिने नयाँ प्रस्ताव राखेको छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ ।

संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने हुन्छ । संस्थाको आगामी साधारणसभा आगामी पुस १६ गते बस्दै छ । सो प्रयोजनको लागि पुस ३ गते संस्थाको बुक क्लोज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.