जनता बैंकले घोषणा गर्यो ८.५० प्रतिशत लाभांश, नगद लाभांश दिए पनि बजारमा खरिदमा चाप

  २०७५ मंसिर २५ गते ११:२५     विकासन्युज

काठमाडौं । जनता बैंक लिमिटेडले ८.५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको २६७ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति गरेपछि र सञ्चालक समिति पारित गरेपछि लागु हुने बैंकले जनाएको छ ।

अधिकांश बैंकरुको नगद लाभांश घोषणा गरेसँगै बजारमा शेयर बिक्रीबो चाप बढ्ने गरे पनि जनता बैंकको लाभांश घोषणापछि पनि खरिदकर्ताहरुकै चाप देखिएको छ । तुलनात्मक रुपमा सस्तो शेयर भएको र गत चौमासमा राम्रो प्रगति हासिल गरेकोले नगद लाभांशका बाबजुद लगानीकर्ताको आकर्षण देखिएको हो । मंगलबार ११ः३० बजे बैंकको ३० हजार कित्ता शेयरका लागि खरिदकर्ता हुँदा ८ हजार कित्ता शेयर मात्र बिक्रीमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.