बैंकहरुले १३.५ प्रतिशतसम्म दिन थालेपछि फाइनान्सहरूले पनि ब्याज बढाए, राष्ट्र बैंक माैन

  २०७५ मंसिर २५ गते ९:०१     विकासन्युज

काठमाडौं । घाेषित रूपमा १३ प्रतिशत व्याज दिने भनिए पनि बैंकहरूले १३.५ प्रतिशतसम्म व्याज दिन थालेकाे वित्त कम्पनीहरूकाे  संगठन नेपाल वित्तीय संस्था संघले जनाएकाे छ । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिन थालेपछि  समेत १२ प्रतिशत भन्दा बढी ब्याजदर नबढाउने सहमति गरेको नेपाल वित्तीय संस्था संघले वाणिज्य बैंकहरूले १३.५  प्रतिशतसम्म ब्याज दिन थालेकाे निष्कर्षसहित फाइनान्सहरूले भइरहेकाे  निक्षेप जाेगाउन पनि १३ प्रतिशत व्याज दिनु पर्ने  निष्कर्ष निकालेकाे छ ।

संघको सोमबार बसेको आकस्मिक बैठकमा फाइनान्सहरूले मुद्दती बचतमा १३ प्रतिशत सम्म व्याज दिएर निक्षेप संकलन गर्ने निर्णय भएकाे छ । संघको निर्णयसँगै मंगलबार अधिकांश फाइनान्स कम्पनीले मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने सूचना प्रकाशित गरेका छन् ।

नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले यसअघि १२ प्रतिशत ब्याजदर कायम गर्ने सहमति भए पनि वाणिज्य बैंकहरु अस्वाभाविक रुपले ब्याजदर प्रतिस्पर्धामा उत्रिएपछि आफूहरुले यसअघिको निर्णयमा पुनर्विचार गर्न बाध्य भएको बताए ।

‘बैंकहरुले तात्कालिन समस्या समाधानका लागि १३ प्रतिशतसम्म ब्याज दिने निर्णय गरेको रुपमा हामीले बुझेका थियौं तर वाणिज्य बैंकहरु ब्याजदर प्रतिस्पर्धामा यसरी उत्रिए कि १३ प्रतिशत ब्याज दिने घोषणा गरेका बैंकहरुले खुलम्खुला १३.५ प्रतिशतसम्म ब्याज दिन थाले । यसले हामीलाई दीर्घकालसम्ममा ठूलो असर पर्ने देख्यौं, त्यसैले ब्याजदर बढाउने सहमति गर्यौ’– तुलाधरले विकासन्यूजसँग भने । आफूहरुले बैंकर्स संघले झै जतिपनि ब्याज दिन पाउनेगरी सहमति नगरेको बरु अधिकतम सीमा १३ प्रतिशत कायम गरेको तुलाधारको भनाई थियो ।

मंगलबार गुडबिल फाइनान्स, गोर्खाज् फाइनान्स, मञ्जुश्री फाइनान्स, आइसीएफसी फाइनान्स, युुनाइटेड फाइनान्स, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतका फाइनान्स कम्पनीहरुले १३ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरेका छन् । विकास बैंकहरु भने हालसम्म अधिकतम १२.५ प्रतिशत ब्याजदरको सीमामा कायमै छन् ।

बाणिज्य बैंकहरुमा भने कुमारी बैंक र सेञ्चुरी बैंकले १३ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरिसकेका छन् भने माछापुच्छ्रे बैंक र प्राइम बैंकले १२.५ प्रतिशत र जनता बैंकले १२ प्रतिशत ब्याज दिने बताएको छ ।

बैंकहरूले व्याजदर उच्च बनाएकाेमा नेपाल बैंकर्स संघकाे वार्षिक साधारणासभामा अाक्राेशित गभर्नर डा. चिरञ्जीवि नेपालले सार्क क्षेत्रमा भएकाे अभ्यासका अाधारमा व्याजदर वृद्धिमा अंकुस लगाउने संकेत गरेकाे थिए । तर अहिलेसम्म राष्ट्र बैंक माैन रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.