रिजर्भ बैंकका गभर्नरको राजीनामा, माेदीले भने – ‘पटेल सदा स्मरणीय रहनेछन्’

  २०७५ मंसिर २४ गते २०:०४     विकासन्युज

नयाँदिल्ली । रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलले राजीनामा दिएका छन् । वित्तीय क्षेत्रसँग सम्बन्धित विविध विषयहरुमा केन्द्र सरकारकाे चर्काे हस्तक्षेपपछि पटेल राजीनामा दिएकाे बताइएकाे छ । साना तथा मझाैला व्यवसाय ऋण, तरलता व्यवस्थापन लगायतका विषयमा केन्द्र सरकार र रिजर्भ बैंकबीच पटक पटक सतहमा देखिनेगरी विवाद भएकाे थियाे । २०१९ अक्टाेबरसम्म कार्यकाल रहेका गभर्नर डा. पटेलले कार्यकाल सकिनुभन्दा ९ महिना अघि नै राजीनामा गरेका हुन् ।

यद्यपि पटेल अाफ्नाे राजीनामाकाे कारण व्यक्तिगत रहेकाे बताएका छन् । ‘मेरो व्यक्तिगत कारणले म तत्कालै लागु हुनेगरी अहिलेको पद छोड्दैछु, केही बर्षदेखि रिजर्भ बैंकमा रहेर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गरेकोमा मैले आफूलाई गर्वान्वित महशुस गरेको छु । बीअारअार्इका कर्मचारी र व्यवस्थापनकाे मेहनत र सहयाेगले बैंकले विगतका वर्षहरुमा साेचेकाेज्तै सफलता हासिल गर्न सक्याे, म मेरा सहकर्मी र अारबीअार्इका बाेर्ड सदस्यहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँहरुकाे भावी दिनहरुकाे सफलताकाे कामना गर्छु ‘, राजीनामापछि पटेलले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पटेलकाे राजीनामाका बारेमा ट्वीटरमार्फत प्रतिक्रिया दिएका छन् । पटेल क्षमतावान अर्थशास्त्री भएको र उनी सँधै स्मरणीय हुने माेदीले बताएका हुन् ।

‘डा. उर्जित पटेल एक क्षमतावान्  र वृहत अर्थशास्त्रीय विषयहरुमा गहिराे दख्खल राख्ने अर्थशास्त्री हुन्, उनले अराजक वित्तीय अवस्थालाई अनुशासनतिर डोहोर्याए, उनको नेतृत्वको आरबीआईले देशमा स्थिरता ल्याउन सहयोग गर्यो’- मोदीले ट्वीटरमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.