पोखरा फाइनान्सको १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  २०७५ मंसिर २४ गते १७:४८     विकासन्युज

पोखरा । पोखरा फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको घान्द्रुकस्थित मेश्रम बराह मा.वि.को प्राड्डणमा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले हिमालय आँखा अस्पताल, घारीपाटन पोखरा तथा मेधा कार्डियो केयर स्वास्थ्य क्लिनिक, नयाँ बजार, पोखरा समेतको प्राविधिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त शिविरमा सो क्षेत्रका विभिन्न उमेरका करिव २०० व्यक्तिहरुले आँखा, रक्तचाप, मधुमेह आदिको जाँच गराउएकाे छ । साथै विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.