सिद्धार्थ बैंकको नयाँ शाखा योगीकुटीमा

  २०७५ मंसिर २४ गते १७:२५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रुपन्देहीको योगीकुटीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यो शाखामार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले अगामी दिनहरुमा पनि थपशाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ । हालै सञ्चालनमा आएको शाखासहित बैंकले १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३५ एटीएम र १,००० भन्दा बढी पीओएस् मेसिनमार्फत् गुणस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.