ग्लोबल आइएमई बैंकको थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

  २०७५ मंसिर २३ गते १८:३२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत साता थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । सो अवधिमा बैंकले डडेल्धुराको चमडा र देवलमा, बैतडीको बसाली र काफलकोट बडीयामा, डोटीको चौखुट्टे र शान्तिनगरमा बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यीसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ११० पुगेको छ । यी सबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्नग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीशहोम सीडीएमए यूटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको ती स्थानहरुमा बैंकले शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।
हाल बैंकले १३२ शाखा, १४१ एटीएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११०शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.