हुण्डाईले ल्यायो ‘हुण्डाई क्येर’ योजना, गाडी किन्नेलाई १० लाखसम्मको स्वास्थ्य बीमा

  २०७५ मंसिर २३ गते १८:२१     विकासन्युज

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले हुण्डाई परिवार अन्तर्गत ‘हुण्डाई क्येर’ योजना ल्याएको छ । जस अन्तर्गत हरेक नयाँ हुण्डाई गाडीको खरिदमा १ वर्षको स्वास्थ्य बीमा प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत हुण्डाई परिवारको नयाँ ग्राहकले प्रत्येक हुण्डाई गाडीको खरिदमा आफ्नाे नजिकको परिवारको लागि १० लाख रुपैयाँसम्मको बीमा योजना(फेमिली फ्लोटर योजना)प्रदान गरिनेछ ।

हुण्डाई मोटर्सले निरन्तर रुपमा ग्राहकसगँ नजिक र आत्मियताको सम्बन्ध बनाउँदै आइरहेका छ । यो नयाँ योजनाले नयाँ ग्राहकहरुको लागि हुण्डाई परिवारको साथ जोडिन मद्दत गर्ने कम्पनीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.