मंसिर २८ देखि नेपाल मेडिकल एक्स्पो हुँदै, स्वास्थ्य क्षेत्रमा योगदान पुग्ने

  २०७५ मंसिर २३ गते १८:०८     विकासन्युज

काठमाडौं । आगामी मंसिर २८ गतेदेखि भृकुटिमण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्स्पो २०१८ आयोजना हुँदैछ । नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको हो ।

आयोजक एस.डि.प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालका अनुसार उक्त एक्स्पो पुस १ गतेसम्म हुने छ ।

यो एक्स्पो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान प्रदान गर्ने प्ल्याटफर्म हो । नेपाल मेडिकल एसोसिएशन, एसोसिएशन अफ इन्डियन मेडिकल डिभाईस इन्डष्ट्री, ईईपिसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएशन, नेपाल एसोसिएशन अफ क्लिनीकल केमेस्ट्री तथा जर्मनीको हाईटेक इन्डष्ट्री एसोसिएशन स्पेक्ट्यारिसको सहयोगमा यो एक्सपो हुन लागेको हो ।

यस अन्तर्राष्ट्रिय एक्स्पोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइ.टी. सर्भिसप्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, फ्यासिलिटी म्यानेजमेन्ट, कमप्लीट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब,एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको प्रदर्शनी हुनेछ । यसको उद्घाटन नेपालका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गर्नेछन् ।

यो प्रदर्शनीमा २०० भन्दा बढि कम्पनीहरु र ५०० भन्दा बढि ब्राण्डहरुको उपस्थिती हुने आयोजकले बताएका छन् । यसमा १० मुलुकका अफिसरहरु, डाक्टरहरु, नीति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन् ।

नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रुतगति दिन यस एक्स्पोले सहयोग पुर्याउने छ । यसका साथसाथै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्न सक्ने मौका यो एक्स्पोले दिनेछ ।

आगन्तुकहरुले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न पाउनेछन्, जो विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द्र, फार्मास्यूटीकल्स, खाद्य उद्योग, विश्वविद्यालय, ल्याबहरु तथा आपुर्तीसंग सम्बन्धित पनि रहनेछन् ।

एक्सपोका साथसाथै दुईवटा सम्मेलन पनि आयोजना गर्ने एस.डि. प्रोमोले जानकारी दिएको छ । पहिलो सम्मेलन १४ डिसेम्बरमा हुनेछ, जसमा यस उद्योगसँग सम्बन्धित विज्ञहरुले स्वास्थ्य क्षेत्र तथा ल्याब प्रविधिमा भएका विकासका बारेमा छलफल गर्नेछन् ।

यस सम्मेलनमा सम्बन्धित सरकारी, मेडिकल शिक्षा, संघ संस्थाहरु तथा आयोजकहरुसंग आबद्घ व्यक्तिहरुले स्वास्थ्य क्षेत्रमा दिगो विकासका उपायहरुमाथि छलफल गर्नेछन् । यसैगरी डिसेम्बर १५ मा “अस्पताल व्यवस्थापन”शाीर्षकमा अर्को सम्मेलन गरिनेछ जसमा अस्पताल व्यवस्थापन सम्बन्धि विभिन्न विषयमा प्रयोगात्मक उपायहरुको छलफल तथा उदाहरण दिइनेछ । यो दोस्रो सम्मेलनमा ४०० भन्दा बढि डाक्टरहरुको उपस्थिती रहनेछ ।

यस इभेन्टले नेपालको स्वास्थ्य तथा ल्याब प्रविधिमा टेवा पुर्याउनेछ । साथै, नेपालका स्वास्थ्य क्षेत्रका कम्पनीहरुलाई विकासशील दिशातर्फ उन्मुख गर्ने र नयाँ सोच तथा अनुसन्धानका फाइदाहरुतर्फ अग्रसर गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.