आर्थिक पत्रकार संघसँग सहकार्य गर्ने गभर्नरको प्रतिवद्धता

  २०७५ मंसिर २३ गते १६:३३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नाफिजको नव निर्वाचित कार्य समितिसँगको भेटमा गभर्नर डा. नेपालले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले राष्ट्र बैंकका गतिबिधी तथा कार्यक्रमहरुबारे नागरिकमा सत्यतथ्य उजागर गर्न नाफिजको महत्वपूर्ण भूमिका रहने पनि बताएका थिए । गभर्नर डा. नेपालले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आफु सधैँ सहयोगी रहँदै आएको समेत स्पष्ट पारेका थिए ।

‘देश नयाँ चरणमा प्रवेश गरेको छ, आर्थिक समृद्धि साझा एजेण्डा बनेको छ, राष्ट्र बैंकका कामबारे नागरिकमा सूचना प्रकाशित गर्ने तपाईहरुको भूमिका सराहनिय छ’, गभर्नर नेपालले भने । नाफिजको नव निर्वाचित कार्य समितिले गभर्नर डा. नेपाललाई ज्ञापन पत्र बुझाएको थियो । गभर्नरलाई भेट्न नाफिज अध्यक्ष सिताराम भट्टराईसहितको टोली बालुवाटार पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.