अनलाइन प्रणाली शुरु भएपछि सेयर बजार बढ्यो, नेप्से दोहोरो अंकले उकालो

  २०७५ मंसिर २३ गते १५:२१     विकासन्युज

काठमाडौं । नेप्सेले पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएपछि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सञ्चालनमा आएकै दिन नेप्से परिसूचक १०.८५ अंकले उकालो लागेर ११३१.७० अंकमा पुगेको छ ।

उक्त प्रणाली शुरु भएको करिब एक महिनापछि नेप्सेले पूर्ण सञ्चालनमा ल्याएको हो । यसअघि ब्रोकरले मात्र प्रयोग गरेको अनलाइन प्रणाली अब लगानीकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । त्यसकालागि लगानीकर्तालाई युजर नेम र पासवर्ड लिनु पर्ने हुन्छ ।

आइतबार कुल १५५ कम्पनीको २२ करोड ३७ लाख रुपैयाँ कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बैंकको २ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ रहेको छ ।

सो दिन दुई समूह बाहेक कारोबारमा आएका सबै समूहको सूचक हरिया भएका छन् । निर्जीवन बीमा समूह ३९.८९ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् र विकास बैंक समूह क्रमशः १३ र १२ अंकले घटेका छन् । फाइनान्स र उत्पादनमूलक समूह क्रमशः १०.०३ र ०.२४ अंकले ओरालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.