फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने, सेयर मूल्य घट्यो

  २०७५ मंसिर २३ गते १४:३४     विकासन्युज

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव राखेको छ ।

सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३७ करोड ५० लाख रुपैयाँ पुग्ने छ ।

बोनस सहित सो मात्राको लाभांश घोषणा गरेपछि आइतबार संस्थाको सेयर मूल्य घटेको छ । प्रतिकित्ता १७०० रुपैयाँ रहेको संस्थाको सेयर मूल्य आइतबार घटेर प्रतिकित्ता १६४० रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.