नेपाली पानी दक्षिण कोरियामा प्रतिलिटर ६१ हजार, एक वर्षमा ३० लाखकाे पानी निर्यात

  २०७५ मंसिर २३ गते १३:३२     राजाराम न्यौपाने

काठमाडौँ । नेपाली पानी काेरियामा प्रतिलिटर ६१ हजार रुपैंयासम्ममा निर्यात हुने गरेकाे पाइएकाे छ । व्यापार तथा निकासी केन्द्रकाे तथ्याङ्क अनुसार अार्थिक वर्षमा आर्थिक वर्ष २०७४/७५ मा दक्षिण काेरियामा २० लिटर पानी निर्यात गर्दा कुल १२ लाख ३३ हजार १५६ रुपैंया अार्जन गरेकाे देखाइएकाे छ । याे भनेकाे प्रतिलिटर ६१ हजार ६ सय ५७ रुपैंया हुन अाउँछ ।

त्यस्तै, चीनमा ४५६ लिटर मिनरल वाटर प्रतिलिटर ११ हजार ४ सय रुपैंयाको निर्यात भएको छ । त्यस्तै अमेरिकामा १२० लिटर मिलिरलवाटर १२ हजार ३९० रुपैंया, फ्रान्समा २ सय लिटर मिलिरलवाटर २ लाख ५१ हजार २ सय रुपैंया र अन्य विभिन्न देशमा ६ सय २३ लिटर मिलिरलवाटर १२ लाख ५७ हजार २९९ रुपैंयामा निर्यात भएको देखाइएकाे छ । यसरी गत अार्थिक वर्षमा कुल १ हजार ६ सय ४६ लिटर पानी निर्यात गरी कुल ३० लाख १६ हजार ९९८ रुपैंया अार्जन गरिएकाे छ ।

निर्यात भएकाे पानी खनिजयुक्त र स्वादहीन, रंगहीर र गन्धहीन हुने तथा यसले किड्नी तथा मृगाैला जस्ता शरिरका महत्वपूर्ण अंगहरुकाे सफार्इकाे लागि प्रयाेग हुने बताइएकाे छ । नेपाल पनि विश्वमा जलस्रोतका धनी देशहरूमध्ये एक हो । जहाँ झरना, ताल, खोलानाला, पोखरी जस्ता पानीका स्रोत प्रशस्त मात्रमा छन् ।

त्यसाे त नेपालमा पानी निर्यात भन्दा बढी अायात नै हुन्छ । साेही आर्थिक वर्षमा नेपालमा विभिन्न देशबाट ७७ हजार २२७ लिटर मिनरल वाटर ३ करोड ३६ लाख ३५ हजार १४८ रुपैंयामा अायात हुँदा नेपालबाट ३० लाख १६ हजार ९९८ रुपैंया मात्रैको पानी निर्यात भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.