बुटवल पावरले १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने

  २०७५ मंसिर २३ गते ११:५४     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी(बीपीसी) लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितीको बैठकले गरेको छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीकाे आगामी वार्षिक साधारणसभाले पारित गर्ने छ । कम्पनीको आगामी २६औँ वार्षिक साधारणसभा पुस २७ गते बस्दै छ । सो प्रयोजनको लागि कम्पनीको आगामी पुस ६ देखि २७ गतेसम्म बुक क्लोज हुँदै छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८१ करोड ५ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ९९ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.