स्ट्याण्डर्ड चाटर्ड बैंकको साधारण सभा माघ ७ गते, पुस २६ गतेसम्मका सेयर धनीलाई १७.५० प्रतिशत लाभांश

  २०७५ मंसिर २३ गते ८:१४     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले माघ ७ गते साधारण सभा डाकेको छ । मंसिर २१ गते बसेको ३७७ औं बैंक सञ्चालक समिति बैठकले माघ ७ गते साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले पुस २९ गतेदेखि बुक क्लोज हुने निर्णय पनि गरेको छ ।

पुस २७ गतेसम्म सेयर होल्ड गर्ने लगानीकर्ताहरुले लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले १७.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक बर्षमा २ अर्ब ७ करोड नाफा आर्जन गरेको थियो । ८ अर्ब १ करोड चुक्ता पुँजी रहेको स्ट्याण्डर्ड चाटर्ड बैंकको प्रति सेयर आम्दानी ३१.६६ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.