ओखलढुङ्गामा एनआईसी एशिया बैंकको २०औँ शाखारहित बैंकिङ्ग सेवा

  २०७५ मंसिर २१ गते १८:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गा जिल्लाको कुन्तादेवीपसल डाँँडामा २०औँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन यज्ञराज सुनुवारले गरेका छन् ।

बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा संजय खत्रीलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

साथै सो सेवाबाट ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.