दोस्रो बजारमा वाणिज्य बैंकको सेयर मूल्य सस्तियाे, हेराैँ कसकाे कति पुग्याे ?

  २०७५ मंसिर २१ गते १८:०१     विकासन्युज

काठमाडौं । सेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आकर्षक मानिएका वाणिज्य बैंकको सेयरसमेत दोस्रो बजारमा खस्किएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको सेयर २०० रुपैयाँ भन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको सेयर प्रतिकित्ता १५८ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता १७० रुपैयाँ, जनता बैंकको १७४ रुपैयाँ, एनसीसी बैंकको १९९ रुपैयाँ, नेपाल बङ्गलादेश बैंकको १८९ रुपैयाँ, मेघा बैंकको १८६ रुपैयाँमा कारोवार भएको छ ।

सिटिजन बैंकको रु २२२, कुमारी बैंक रु २४०, प्रभु बैंक रु २४०, सनराइज बैंकको प्रतिकित्ता रु २१६ मा कारोवार भएको छ । सिद्धार्थ बैंक रु ३०५, एनएमबी बैंंक रु ३५६, एनआइसी एशिया रु ३५७, नेपाल एसबिआइ बैंक रु ३९४, प्राइम कर्मसियल बैंक रु ३१५ मा खरीद बिक्री भएको छ । माछापुच्छ्रे बैंककाे रु २०४ र कुमारी बैंककाे सेयर प्रतिकित्ता २४० मा कारोवार भएको छ ।

कृषि विकास बैंक रु ३२७, बैंक अफ काठमाडौँ रु ३०५ मा कारोवार भएका छन् । ग्लोबल आइएमइ बैंक रु ३१४, हिमालयन बैंक रु ४४७ र सिद्धार्थ बैंकको सेयर मूल्य रु ३०५ रूपैयाँ रहेकाे छ ।

यस्तै, केही बैंकका सेयर मात्रै रु ५०० भन्दामाथि रहेका छन् । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्डार्ड चार्टड बैंक, एभरेष्ट बैंकको सेयर मात्रै उक्त बिन्दुभन्दा माथि रहेको छ । बिहीबार कारोवार भएका आधारमा नवील बैंक रु ८५०, नेपाल इन्भेष्टमेन्ट बैंक रु ६१९, एभरेष्ट बैंक रु ५२४, स्ट्याण्डाड बैंकको सेयर प्रतिकित्ता ५६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

विगत डेढ वर्षदेखि निरन्तर बजार ओरालो लाग्दा त्यसको प्रभाव लगानीकर्तामा समेत परेको छ । सरकारले बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजत्वमा वित्तीय क्षेत्र र पूँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, लगानीकर्ताका प्रतिनिधि सम्मिलित छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.