राष्ट्रिय वाणिज्य बैंकले टिच फर नेपाललाई १० लाख आर्थिक सहयोग गर्ने

  २०७५ मंसिर २१ गते १७:१८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि टिच फर नेपाललाई १० लाख रुपैंया आर्थिक सहयोग गर्ने भएको छ । उक्त सहयोग गर्ने सम्बन्धि शुक्रबार दुई संस्थाबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरेका छन् ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, सामाजिक तथा मानविय क्षेत्रमा सहयोग गरिरहेको र भविश्यमा थप सहयोग गर्ने बताएका छन् ।

टिच फर नेपाल संस्थाले दाङ्ग, लमजुङ्ग, पर्सा, धनुषा, ललितपुर र सिन्धुपाल्चोक जिल्लामा रहेका ५१ वटा सामुदायिक विद्यालयका ११० स्वयम सेवक शिक्षक मार्फत १० हजार विद्यार्थीहरुलाई अध्यापन गराई शैक्षिक गुणस्तर बृद्धिका लागि कार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.