भिजि अटोमाबाइल्सको नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ को बिक्री शुरु, मूल्य २ लाख २९ हजार रुपैयाँ

  २०७५ मंसिर २१ गते १३:२९     विकासन्युज

काठमाडौं । नेपालको लागि सुजुकी टु ह्वीलर्सको आधिकारिक आयतकर्ता तथा वितरक भिजि अटोमोबाइल्स प्रा.लि.ले नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ लाई नेपाली बजारमा भित्र्याएको छ । सुजुकीको प्रिमियम स्कूटर समूहमा यो नयाँ संस्करण हो ।

सुजुकी बर्गम्यान १२५ नेपालमा रहेका सबै सुजुकीशोरुमहरुमा आजबाटसजिलै उपलब्ध छ । यो स्कुटरमा १४ इन्चको आकारको ठूला पाँग्राहरु र ट्युबरहित टायर छन् । सुजुकी बर्गम्यान १२५ मा७५०० आरपिएममा ८.७ बिएचपि उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्रभागमा डिस्क ब्रेक र पछाडिपट्टी ड्रम युनिट रहेका छन् । सुजुकी बर्गम्यान १२४.३ मा रहेको इन्धन ट्याँकमा ५.६ लिटर इन्धन अट्ने क्षमता रहेकाे छ ।

यसैगरी, यो म्याक्सी स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् भनें हावाको बहाव फेर्ने, क्रोम फिनिसिङ, मध्यवर्ती लक प्रणाली, युएस बिचार्ज गर्ने स्थानएवं पञ्जा राख्ने खण्ड जस्ता विविध सुविधाजनक विशेषताहरु पनि अवस्थित छन् ।

यो स्कूटर सबै १२५ सिसिका स्कुटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापित हुन सक्दछ । नेपालमा आज(शुक्रबार)बाट बिक्री शुरु भएको यस स्कुटरको मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.