‘भारतले मापदण्ड पुरा नभएको औषधी निर्यात गरिरहेको छ’, उपचार गराउँदा झनै राेगी बन्दै नेपाली

  २०७५ मंसिर २१ गते १०:००     डोमी शेर्पा

काठमाडौं। भारतबाट निर्यात हुने अाैषधिहरु मापदण्ड पूरा नहुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । डब्लुएचअाेले केही दिनअघि प्रकाशित गरेकाे तथ्याङ्कका अनुसार भारत सबैभन्दा धेरै गुणस्तरहीन अाैषधि निर्यात गर्ने देश रहेकाे समेत उल्लेख गरेकाे छ । रिपाेर्टले भनेको छ, भारत विश्वकै सबैभन्दा ठूलाे अाैषधि निर्यातकर्ता हाे तर उसले निर्यात गर्ने कम्तिमा १० प्रतिशत अाैषधिले न्यूनतम अन्तराष्ट्रिय मापदण्ड समेत पूरा गरेकाे हुँदैन । त्यस्ताे अाैषधिहररु कति नक्कली हुन्छन् भने कतिकाे म्याद सिद्धिएको, बिग्रिएको, अावश्यकताभन्दा बढी वा कम मात्रा भएकाे र नक्कली प्याकेजिङ र लेबलिङ गरिएकाे समेत भएको पाइएकाे छ ।

विशेषगरी एन्टिबायोटिक्स, गर्भनिराेधक अाैषधि, खाेकी र दुखार्इसम्बन्धी अाैषधिमा अत्यधिक मात्रामा त्यस्ताे कैफियत भेटिएकाे समेत  डब्लुएचअाेले जनाएकाे छ । त्यस्ता अाैषाधिहरु विशेषगरी मध्यम र कम अाय भएका मुलुकहरुमा निर्यात गर्छ । भारतले निर्यात गर्ने यस्ता नक्कलीहरुकाे औषधीको बजार हिस्सेदारी एशिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरुमा बढी पठाइने गरेकाे समेत रिपाेर्टमा उल्लेख छ ।   यी क्षाेत्रहरुमा भारतले कुल निर्यातकाे ३० प्रतिशत अाैषधि पठाउँछ।

नक्कली र मापदण्ड पुरा नभएका भएका औषधिहरु कमजोर सरकार,कमजोर टेक्नोलोजीको र गुणस्तरीय औषधिको बारेमा अनविज्ञताका कारण अल्पविकसित र विकासाेन्मुख राष्ट्रहरूमा विक्री गर्न सजिलाे हुने भएकाेले त्यस्ताे देशमा पठाइने दाबी समेत गरेकाे छ ।  खोकीको लागि प्रयोग हुने भारतले पठाएकाे सिरप नामक अाैषधि खाएर पाराग्वे र पाकिस्तानमा हजाराैं मानिस बिरामी भएको  तथ्य समेत रिपोर्टले प्रस्तुत गरेको छ। अनुसन्धान पछि उक्त सिरपमा प्रयोग भएको डक्स्रोम्रोथोरफन भारतबाट आयात भएको भनेर पत्ता लागेको थियो। त्यस्ताे अाैषधिमा प्रयाेग भएकाे मार्फिन अावश्यकताभन्दा पाँच गुणा बढी थियाे ।

अाैषधिकाे ढुवानी र भण्डारणका सन्दर्भमा समेत डब्लुएचअाेले भारतकाे रवैयामा असहमति जनाएकाे छ । अाैषधि अायात तथा निर्यात गर्दा समेत त्यसमा उपयुक्त प्रकाश र तापक्रम मिलाउनुपर्नेमा त्यसाे हुन नसकेकाे बताएकाे छ । त्यस्ता औषधीभण्डारण गर्ने डिलरहरु न त कानूनी रुपमा अनुमतिप्राप्त हुन्छन्, न त गुणस्तरीय । र, यसलाई रोक्न कुनै प्रकारको कानुन पनि छैन।

उपचार गर्दा झन् राेगी बन्दै नेपाल

नेपालले बार्षिक रुपमा बीसाैं अर्बकाे अाैषधि अायात गर्दै अाएकाे छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाे तथ्याङ्क अनुसार चालु अार्थिक वर्षकाे पहिलाे चाैमासमा कुल १० अर्ब २८ कराेडकाे अाैषधि अायात गरेकाे छ, याे हिस्सा गत अार्थिक वर्षकाे साेही समयभन्दा १४ प्रतिशत बढी हो । अघिल्लाे अार्थिक वर्षमा कुल २७ अर्ब २८ कराेड बराबरकाे अाैषधि अायात भएकाे थियाे ।

नेपालमा अायात हुने अाैषधिकाे अधिकांश हिस्सा भारतकाे रहने गरेकाे छ । मध्य अाय भएकाे गरिब राष्ट्रमा पर्ने नेपाल विश्व स्वास्थ्य संगठनकाे रिपाेर्टअनुसार गुणस्तरहीन अाैषधि निर्यात हुने प्रमुख देशहरुमध्ये एक हो । अझ सामरिक रुपमा नजिक रहेकाे नेपालमा यस्ताे सम्भावना अत्यन्त बढी छ । नक्कली अाैषधिकाे प्रयाेगले तत्काल राेग निको हुने भए पनि दीर्घकालमा यसले ठूला र जटिल राेगकाे कारक बन्ने गरेकाे विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.