एनएमबि बैंकको सहकार्यमा एफएनसीएसआईले वित्तीय साक्षरता कार्यक्रम गर्ने, महिलासहित ४५ हजार उद्यमी सहभागी

  २०७५ मंसिर २० गते १८:३३     विकासन्युज

काठमाडौं । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग(एफएनसीएसआई) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ ।

बिहीबार एनएमबि बैंक र एफएनसीएसआई संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्र हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार एनएमबि बैंक सँगको सहकार्यमा एफएनसिएसआईले सो वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५ हजार सदस्यहरुमाझ संचालन गर्नेछ । जसमध्ये ९ हजार सदस्यहरु महिला उद्यमी रहेका छन् ।

वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

उक्त वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने बैंकका विश्वाश छ ।
आशय पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र एफएनसिएसआईको तर्फबाट महासचिव डम्बरप्रसाद रेग्मीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.