सिटिजन्स बैंकद्धारा गैर सरकारी संस्था ‘प्रारम्भ’ले पायाे एक लाखकाे आर्थिक सहयोग

  २०७५ मंसिर २० गते १८:१३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रारम्भ नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरकाे आर्थिक सहयोग गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले उक्त रुपैयाँको चेक संस्थाका संचालक कल्पना क्षेत्रीलाई हस्तान्तरण गरेका छन् ।

उक्त रकमबाट संस्थाले काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त स्वास्थ्य शिविरमा करिव १००० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथसाथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको छ ।

गाउँगाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.