वित्त र पुँजी बजारको अध्ययन गर्न उच्चस्तरीय समिति, एक हप्तामा समस्या पत्ता लगाइने

  २०७५ मंसिर २० गते १८:०१     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयले वित्तिय क्षेत्र र पुँजी बजारमा देखिएको अस्थिरताको अध्ययन गर्न समिति गठन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेका हुन् । समितिले एक हप्ताभित्र बैंकिङ क्षेत्रमा देखिएको ब्याजदर अस्थिरता र पुँजी बजारको उतार चढावको अध्ययन गर्नेछ ।

डेपुटी गभर्नर श्रेष्ठ नेतृत्वको समितिमा वित्तीय क्षेत्र व्यवस्थापनका सहसचिव, धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, लगानीकर्ताकाे  प्रतिनिधित्व रहनेछ । समितिले एक हप्ताभित्र बैंकिङ क्षेत्र र पुँजी बजारमा देखिएको समस्याको अध्ययन गरेर समाधानका उपाय समेत सुझाउनेछ ।

सरकारले स्थानीय तहको बैंक खातामा रहेको रकमको ५० प्रतिशत बैंक तथा वित्तिय संस्थाहरुलाई निक्षेपका रुपमा उपयोग गर्न दिएको थियो । त्यसले तत्कालै ३२ अर्ब लगानीयोग्य पुँजी उपलब्ध गराएको थियो ।

तर सोही दिन बैंकर्स संघले ब्याजदरमा यस अघि कायम गरिएको सिमा सम्बन्धी भद्र सहमति हटाएसँगै बैंकहरुले १३ प्रतिशत ब्याजदरमा निक्षेप आव्हान गरेका छन् । त्यसँगै पुँजी बजारका लगानीकर्ता पनि त्रसित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.