सान्जेन जलविद्युतको बिक्री प्रबन्धकमा सनराईज र एनएमबि क्यापिटल नियुक्त, ९१ लाख २५ हजार कित्ता सेयर जारी गर्दै

  २०७५ मंसिर २० गते १७:४७     विकासन्युज

काठमाडाैं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि बिक्री प्रबन्धकमा दुई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम गरी सेयरको सह-निष्काशनमा सनराईज क्यापिटल र बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको छ ।

सो सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराईज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि कुल ९१ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्दै छ । सान्जेनले दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि ५४ लाख ७५ हजार कित्ता सेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि ३६ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.